१५ कार्तिक २०८१, बिहिबार । November 1, 2024

Breaking

अभियान लघुवित्तको आईपीओ खुल्यो



काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा बुधबारदेखि आवेदन खुलेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले ९ लाख १३ हजार ७५० कित्तामाआवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार ००:००