१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

पन्चानब्बे किलो चरेस बरामद



धनगढी, १६ माघ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आज ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहले पच्चीस घर भन्ने ठाउँका देवबहादुर सिंहको घरबाट पाँचवटा बोरामा लुकाई छिपाई राखेको ९५ किलो चरेस बरामद गरेको हो ।

प्रहरीको लागू औषध ओसारपोसार तथा बिक्री वितरण नियन्त्रण अप्रेसन अन्तर्गत गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले निज सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए ।

क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको नेतृत्वमा गएको टोलीले चरेस बरामद गरेको हो । प्रहरीले चरेस भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित : १६ माघ २०७३, आइतबार ००:००