३ बैशाख २०८१, सोमबार । April 15, 2024

अर्थ

देशभर पाँच हजारभन्दा बढी खानेपानी आयोजना



काठमाडौँ, १६ माघ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ ।
विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको हो ।
विभागका उपसचिव अरुणकुमार सिम्खडाले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका साथ पाँच हजार एक सय ८७ आयोजना सञ्चालन गर्न लागेकोे जानकारी दिए । उनले भने “८० प्रतिशत सरकारको सहयोग र २० प्रतिशत जनश्रमदानमा उक्त आयोजना सञ्चालन गर्न लागेका छौँ ।”
विभागले गत आर्थिक वर्षमा दुई हजार नौ सय १६ आयोजनामात्र सञ्चालन गरेकोमा यस वर्ष बढाएको हो ।
सञ्चालन गर्न लागेको आयोजनामध्ये सबैभन्दा धेरै काठमाडौँ एक सय ५२, स्याङ्जामा एक सय ४८, गुल्मी एक सय २९ रहेका छन् भने सबैभन्दा थोरै आयोजना मनाङमा १३ वटा रहेका छन् । यी आयोजना सञ्चालनका लागि सरकारले रु छ अर्ब ४१ करोड ८० लाख विनियोजन गरेको छ ।

[sg_popup id=1]

प्रकाशित : १६ माघ २०७३, आइतबार ००:००