२० बैशाख २०८१, बिहिबार । May 2, 2024

अर्थ

जोखिममा रहेका बालबालिकालाई आर्थिक सहयोग



सिन्धुली, १६ माघ । जोखिममा रहेका बालबालिकालाई जिल्ला बालकल्याण समितिले आर्थिक सहयोग गरेको छ ।
जीविकोपार्जनसँगै बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले १५० जना बालबालिकालाई आर्थिक सहयोग गरिएको हो ।
बालकल्याण समिति सिन्धुलीले जिल्लाभर गरेको सर्वेक्षणअनुसार चार हजार ५ सय बालबालिका जोखिममा रहेको जिल्ला बालकल्याण समिति, सिन्धुलीले जनाएको छ ।
जोखिममा परेका बालबालिकामध्ये उच्च जोखिममा रहेका १ सय ५० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम वितरण गरेको समितिका सूचना व्यवस्थापन अधिकृत लोकहरि आचार्यले जानकारी दिए । उनका अनुसार बाबुआमा दुवै नभएका एक्ला, परिवारबाट अलग्गिएका र आर्थिक अवस्था नाजुक भएका बालबालिकालाई रकम प्रदान गरिएको छ ।
जिल्ला बालकल्याण समिति, सिन्धुलीले जिल्लाका विभिन्न स्थानमा रहेका बालबालिकालाई विभिन्न सहयोग गर्दै आएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि युनिसेफको सहयोगमा जिल्ला बालकल्याण समिति, सिन्धुलीमा सञ्चालित बालसंरक्षण सम्बन्धी आपत्कालिी परियोजनामार्फत बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको समितिका अधिकृत आचार्यको भनाइ छ ।
अघिल्लो वर्ष ९सय ५७ जना बालबालिकालाई रकम वितरण गरेको समितिले यसवर्ष करिब सय जनालाई मात्र रकम वितरण गर्ने जनाएको छ ।

प्रकाशित : १६ माघ २०७३, आइतबार ००:००