कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन। स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय…