काठमाडौं। नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य चन्द्रप्रसाद रिजाल उपाध्यक्षमा नियुक्त भएका छन्। रिजालको नियुक्तिसँगै बोर्डले १३ वर्षपछि उपाध्यक्ष पाएको छ। बोर्डको कार्यकारी समिति बैठकले हिजो उपाध्यक्ष पदमा नियुक्त गरेको हो। उनी टानका पूर्वअध्यक्ष समेत हुन्। २०६४ कात्तिक २२ गते पर्यटन व्यवसायी प्रकाश श्रेष्ठको अवधि सकिएपछि उपाध्यक्ष पद रिक्त थियो। नवनियुक्त उपाध्यक्ष रिजाल गत माघ…