७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

आज ४४ अंकले बढ्यो सेयर

काठमाडौं । कारोबारको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ । आज सबै उपसमूहमा हरियाली छाएको थियो । सोमबार एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भयो । होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आयो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लागेको थियो ।