२२ बैशाख २०८१, शनिबार । May 4, 2024

पर्यटन

हिमाल जस्तै हिमालकी छोरी लाक्पा फुटी



जसले सर्घष गर्छ उसले कथा बुन्छ । र भविष्यमा सबैको लागि पे्ररणाको स्रोत बन्न पुग्छ । त्यस्तै शेर्पा समुदायकि पहिलो महिला लेखिका लाक्पा फुटि शेर्पा आज एउटा कथा बनेकीछिन् ।
सोलुखुम्बु चौरिखर्क गाविसमा बुबा फुरि ग्याल्जेन शेर्पा र आमा दावा लमु शेर्पाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएकी लाक्पा फुटी सुन्दर र सभ्य जिन्दगी जिउने सुदुर सपना बोकेर भौतारिन्दै आफ्नो जिन्दगीको यात्रा अगाडि बढाउने क्रममा उनले जिन्दगीको अनेकौँ रँगहरु देखे र भोगे पनि । जिन्दगीको वास्तविक अर्थ के हो ? हामीले के गर्नु पर्छ भन्ने विषय उनले कुनै विश्वविद्यालय पढ्न परेन । उनलाई आफ्नै जिन्दगीले नै सिकायो ।
शेर्पा समुदायकी छोरी त्यसमा पनि हिमाली सुदुर भेग पर्यटकीय क्षेत्र सोलुखुम्बु जिल्लामा जन्मिएकी लाक्पा फुटि आफ्नो गाउंमा विदेशी पर्यटकहरु आउँदा आफु गाउँमा फोहोरी लुगा लगाएर उनीहरुको भरिया बनेर हिडनु पर्ने कुराले उनलाई नराम्रोसंगले पोल्थ्यो । सपना बुन्थिन म पनि यिनिहरु जस्तै सुकिलो सफा बनेर हिड्छु ।
लाक्पा फुटी ११ –१२ बर्षको उमेरमा नै पर्यटकहरुसंगै हिमाल जाने गर्थिन । “भारि बोकेर हिमाल जान सजिलो त थिएन तर ति घाँस, दौरा, काटा कोदालो र भाई बहिनीको हेरचाहार गर्नुृ पर्ने कुराबाट आफुलाई टाडा पाउँदा अत्यन्तै खुसी हुन्थे” उनले भनिन् । “महिला भरिया अत्यन्तै न्यून हुने कहिले कुनै समूहमा आफ् मात्र महिला हुदा पुरुषहरुको केन्दविन्दु आफ् हुनु पर्ने कुरा सम्झदै आफ्ले गरेको चुनैतीको सामना सम्झदा आज पनि आनन्द लाग्छ” उनले थपिन् ।
यसरी हिड्दा कयौँ पटक गाउँ समाजबाट अनेकौँ आरोप प्रत्यारोप झेल्नु परेको थियो । तर म कहिले थाकिन सधैँ आफ्नो गल्ति विनाको काममा आलोचना र खन्डन गरि आफुलाई ती समाजबाट न्याय दिलाउथे उनले भनिन् ।
गाउँको त्यो परिवेशदेखि उनी थाकेर सुन्दर स्वातन्त्र जीवन जिउने सपना बोकेर १४– १५ बर्षको उमेरमा उनि घरबाट भागेर काठमाण्डौँ आईन त्यहाँ पनि अनेकैँ समस्याहरु झेल्नु प¥यो । यसरि जिन्दगीको सुुन्दर रंग फेर्ने सपनाबाट भने उनी हजारौँ चुनौँतिहरुसँग पौठेजोरी खेल्न परे पनि कहिले थाकिनन् ।
अब निरन्तर विदेशी पर्यटकहरुसँग भारि बोकेर उनि हिमाल जान थालिन । यसरी हिमाल निरन्तर जाने क्र्रममा राष्ट्रिय विभूती पासाङ लामु शेर्पा र नन्द राईसँग सन् १९९३ सालमा हिमाल आरोहि बनेर जाने सौभाग्य मिल्यो उनले भनिन् । तर दुःखको कुरा ८००० कि मि सम्म पुगेर पनि आफ् लक्ष्यमा पुग्न नसकेको र सँगै गएको साथीलाई छोडेर आउनु परेको कुरामा उनले दुःख ब्यतm गरिन । तर खूसी छु राष्ट्रिय विभूती पासाङ लामु शेर्पा जून नामले एउटा इतिहास राख्न सफल भयो र सम्प्र्ण दिदी बहिनीका लागि एउटा प्रेरणको स्रोतसँगै थिए म उनले थपिन ।
विदेशी पर्यटकहरुसँगको मित्रताले यी नेपालका सुन्दर प्रकृतिहरुको , हिमाली जीवन, नेपाली संस्कार सँस्कृति र रितिरिवाजहरुको बारे विदेशीहरुले बढि लेखेको उनले पाइन तर ती पुस्तकहरुमा आउनु पर्ने सम्पुर्ण कुराहरु नसमेटिएको उनले पाइन र पुस्तक लेखन तिर उनि आर्कषित भइन । नभन्दै २०७२ सालमा हिमालकि छोरि उपन्यास र २०७३ सालमा हिमालमा ४० बर्ष पुस्तक प्रकाशित गर्न सफल भईन । जहाँ उनले आफ्नो जीवन भोगाइलाई ती पुस्तकहरुमा उतारेकि छिन् । उनि भन्छिन् कथा कि त वास्तविक हुनुपर्छ कि त लेख्नै हुन्न । कोठामा बसेर काल्पनिक कथा लेख्ने कामसँग म पटकै सहमत छैन उनले थपिन । आफ्ना ती पुस्तकहरु लेख्ने क्रममा धैरै पल्ट भावनामा बगेर रुएको छु उनले भनिन् । हिमालमा ४० बर्ष पुस्तक भने अंग्रेजिमा अनुवाद भइकेको छ ।

“एक सम्मान कार्यक्रममा जब शेर्पा खबर डट कमले शेर्पा समुदायकै पहिलो महिला लेखिका लाक्पा फुटि शेर्पा भनेर सम्बोधन गरियो म छक्क परे एकछिन पछि थाहा भयो शेर्पा समुदायमा म पहिलो लेखिका भएकी रहेछ”ु उनले भनिन् । तर खूसी भन्दा आश्चर्य लाग्यो किनकि हामी शेर्पा जाती लेखन कार्यमा यति पछाडी रहेछौँ उनले थपिन ।
लाक्पा फुटी लेखिका मात्र होइनन् पर्यटक प्रबर्दन, विकासका, साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन्् । नेपाल माउन्टेन एकेडेमी नेपालमा निर्देशकको रुपमा ८ बर्ष काम गरि सकेकीछिन् । साथै नेपाल माउन्टेन एकेडेमी क्याम्पसमा (क्याम्पस प्रमूख), आशा अनाथालय संस्थामा (अध्यक्ष), हिमालयन हस्तकला विकासमा (अध्यक्ष), नेपाल महिला पर्वतारोहण संघमा (प्रमूख अधिकारी)को रुपमा आदि थुप्रै संघ संस्थाहरुमा काम गदै आएकीछिन् ।
नेपाल माउन्टेन एकेडेमी नेपालमा उनी निर्देशकको रुपमा हुदा हुदैे स्नातक तहका लागि पर्यटक जोखिम पर्वतारोहण पठन पाठन कक्षा सन्चालन गर्ने अनुमति त्रिभुवन विश्व विद्यालयबाट प्राप्त भयो । साथै स्नाकोत्तरको लागि त्रिभुवन विश्व विद्यालयमा निवेदन बुझाई सकेको समेत उनले बताईन् ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहिबार ००:००