१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश



काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले यही चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ । उक्त आदेशसँगै चैत १० र ११ गते गर्ने तयारी गरिएको निर्वाचन अदालतको अर्को आदेश नआएसम्म स्थगित भएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार ००:००