१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

मुख्य खबर

पत्रकार आचारसंहिता परीक्षण सुरु गर्ने तयारी



प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण तथा अभिलेखीकरण विनियमावली, २०७३ को मस्यौदा

लागू गर्ने तयारी गरेको छ ।बिशेषज्ञ सम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको मसौदालाई प्रेस काउन्सिल नेपालको आगामि बैठकले पारित गरेपछि लागू हुनेछ ।

आचारसंहिता पालनाको स्थितिलाई अभिवृद्धि गरी सञ्चारमाध्यमको गुणस्तर र स्वस्थ पत्रकारिताका विकासका

लागि प्रेस स्वतन्त्रतालाई दुरुपयोग हुन नदिई पत्रकार र आमसञ्चारमाध्यमलाई जिम्मेवार र उत्तरदायी बनाउने उद्येश्यले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १८ बमोजिम यो विनियमावली बनाइएको हो ।

विनियमावलीको मसौदामा बर्षमा कम्तीमा एकपटक पत्रकार आचारसंहिताको परीक्षा सञ्चालन गर्ने, पत्रकारिता

गरिरहेको पत्रकार हो, होइन रु सोको अभिलेख राख्ने, वरिष्ठ पत्रकार र सम्पादकको उपाधि दिने, ५÷५ बर्षमा नविकरण

गर्ने लगायतका प्रावधानहरु राखिएको छ ।

प्रकाशित : ३ चैत्र २०७३, बिहिबार ००:००