२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

खेलकुद

राष्ट्रिय पुरुष इन्डोर हक्की चैत्र ५ गते हुने



काठमाडौँ, २६ फागुन । काठमाडौँ हक्की क्लब र नेपाल हक्की सङ्घको संयुक्त आयोजनामा किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता आगामी चैत ५ गते हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ं को कभर्डहलमा हुने उक्त प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जानकारी दिए।

नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौँ हक्की क्लब, मकवानपुर हक्की क्लब, द जनकपुर हक्की क्लब, पोखरा हक्की क्लब, सुदूरपश्चिमाञ्चलको द हेल्प क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।

त्यसैगरी, विदेशबाट भने डिफेन्डिङ च्याम्पियन संयुक्त अरब इमिरेट्स ९दुबई०को किङ खान हक्की क्लबको सहभागिता रहनेछ । एकदिने उक्त प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहिबार ००:००