१० जेष्ठ २०८२, शुक्रबार । May 23, 2025

मुख्य खबर

घुससहित शाखा अधिकृत पक्राउ



काठमाडौँ, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई रु २५ हजार घुससहित थलोबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा आज घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका रिजालको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रकाशित : १९ फाल्गुन २०७३, बिहिबार ००:००