१९ बैशाख २०८१, बुधबार । May 1, 2024

अन्तवार्ता

पहिचानको पक्षमा रहेका व्यक्तिहरुको ससफोमा प्रवेशको लहर छ : लावती



premraj Lawati ssf

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रेमराज लावतीसंग तीन दशक लामो राजनीतिक यात्राको अनुभव छ । पाँचथर जिल्लाको लुम्फाबुङ गाविसमा वि.स. २०३० सालमा बुवा पदमबहादुर लावती र आमा स्व. कान्छिहाङमा लावतीको कोखबाट लावतीको जन्मभएको हो । गाउँ नजिकैको विद्यालयबाट एसएलसी उर्तिण गरेपछि उच्च शिक्षाका लागि उनी सुनसरी क्यापसमा भर्ना भए । त्यस क्याम्पसबाट पमाणपत्र तह पुरा गरे । त्यसपछि काठमाण्डौको रन्नराज्य क्याम्पसबाट स्नातकसम्मको शिक्षा हासिल गरे । वि.स. २०४६ सालमा जब सुनसरी क्याम्पसमा भर्ना भए त्यहिबाट उनको राजनीतिक यात्रा प्रारम्भ भयो । उनी त्यहाँ राप्रविसंघका प्राकस अध्यक्ष भएका थिए । त्यस यता युवक संघको स्थानीय, जिल्ला र केन्द्रिय तहको कुशलता पूर्वक नेतृत्व सम्हाले । राप्रपा नेपालको दुई पटक केन्द्रिय सदस्य, र समातान्तरको सहकोषाध्य भए । राप्रपामा रहँदा स्व. नेता पद्यमसुन्दर लावतीको निकट निकटथिए । पद्यमसुन्दर मन्त्रीहुँदा सचिवालय पनि सम्हालेका थिए । आदिवासी जनजाति र पछाडिएका समुदायको उत्थानमा आवाज बुलन्द गर्ने लावतीलाई यहि मुदा उठाए बापत राप्रपामा रहँदा पार्टीले अनेक पटक स्पष्टीकरण लियो । केही पटक कारबाहीमा परे । जब मन्दिरमा लगेर कसम खुवाउने दुष्प्रयास गरे अनि चाहिँ चित्त भाडियो वास्तवमै यो पार्टिमा रहेर तल्लो वर्गका आवाज उठाउँन नसकिने रहेछ भन्ने निष्कर्षमा पुगे । अनि आफ्नो निकट २ सय १० जनालिएर संघीय समाजवादी फोरममा प्रवेश गरे । लावतीले राजनीतिक प्रारम्भ गर्दा र अहिले देशले राजनीतिक रुपमा ठूलो फड्को मारिसकेको छ । राजालाई विष्णु भगवन मान्ने समयदेखि राजा फालिएको अवस्थामा आइपुगेका छौ । लावतीको राजनीतिक मुदा र यात्राको धुव्र पनि ठिक विपरित दिशामा आईपुगेको छ । यसै सन्दर्भमा लावतीसंग टुडिखेलले गरेको संवाद :

सैद्धान्तिक रुपमा त पुरै छलाङ मारेर संघीय समाजवादी फोरममा प्रवेश गर्नु भयो त ?

म राप्रपामा हुदाँ पनिआदिवासी जनजाती, महिला, दलित, मुस्लिम लगायतका अधिकारहरुको विषयमा वकालत गर्दै आएको थिए । पहिचानको पक्षमा संधै उभिएर बहस गरे । समग्र देश नै राजा र हिन्दुराज्यको विपक्षमा भएकाले राप्रपाले पनि जनताको भावनाको कदर गर्नु पर्छ भन्ने पक्षमालागे । यसरी पहिचानको पक्षमा वहस गरे वापत मलाई कैयौँ पटक स्पष्टिकरण सोधियो । केहि पटक कारवाहीमा समेत परे । जबमलाई ०७२ सालमा कानदेव मन्दिरमा लगेर राजा र हिन्दुराज्यको पक्षमा बोल्नका लागि कसम खुवाउँने काम भयो मेरो मन भाडियो । त्यहाँ मलाई राजालाई पुनःनाराणहिटी दरबार भित्र्यानु पर्छ भन्नल गाइएको थियो । मैले राजालाई बाजाँगाजा सहित नागार्जुन दरबार भित्र्याउनु पर्छ भनेर भाषण गरे । पुन स्पष्टिकरण सोधियो, जिब्रो चिप्लियो भने । यसरी वैचारिक रुपमै राप्रपाको अतिवादसंग असहमत भएकाले मेरो विचार र आदर्श बोकेको पार्टी संघीय समाजवाजदी फोरम नेपालमा प्रवेश गरेको हुँ ।

तपाईको निकट पद्यमसुन्दर लावतीको निधनपछि पार्टीमा तपाईलाई संरक्षण गर्ने कोही नभएर पार्र्टी परिवर्तन गरेको आरोप छ नी?

त्यस्तो होइन । बरु सत्य कुरा चाँही के हो भने जीवनको उतार्दमा हिन्दुराज्य र राजतन्त्रबारे पद्यमसुन्दर लावती स्वयम निराश हुनुहुन्थ्यो । गणतन्त्रको घोषण भएपछि वैकल्पिक पार्टी खोल्ने वा संघीय समाजवादी जस्ता समय सापेक्ष कुनै पार्टीमा जाने भन्ने विषयमा थूप्प्रै पटक मेरो उहाँसंग छलफल भएको थियो । उहाँ सकारात्मक पनि हुनुहुन्थ्यो । पार्टीले उठान गरेको एजेण्डाहरुको विषयमा असहमत भएर नै दोस्रो संविधानसभाको चुनावमा पार्टीले छापेको राजसंस्था सम्बन्धी प्रचार सामाग्री बाढ्नु भएन । पार्टीले पठाएको दुइ बोरा प्रचार सामग्री जलाएर लिम्बूवानको विकास जस्ता नारा राखि पाँचथरमा छुट्टै प्रचार सामग्री छापेर वितरण गर्नु भएको थियो । दुर्भाग्य उहाँको निधन भयो । सायद उहाँ बाच्नु भएको भए यस अघि नै उहाँकै नेतृत्वमा कुनै वैकल्पिक पार्टीको निर्माण हुन्थ्यो या संघीय समाजवादीमै हुन्थ्यौँ ।

संघीय समाजवादीमा भविष्य नदेखेर धेरैले पार्टी छोड्दैछन तपाई चाही प्रवेश गर्नु भयो

पद र पैसाको लोभ गर्नेहरु पार्टीबाट पलायन भइरहेका छन् । हामी जस्ता विचार र आदर्श बोक्ने व्यक्तिहरुको पार्टी प्रवेशको लहर छाएको छ ।अबको वैकल्पिक धारको पार्टी संघीय समाजवादी फोरम नै हो ।

राप्रपार संघीय समाजवादीमा के भिन्नता पाउँनु भयो ?

पहिलो कुरा सैद्धान्तिक रुपमा त आकाश जमिनकै फरक छ त्यो तपाई सबैलाई थाहा भएकै विषयहो । त्यस बाहेक सांगठानिक कार्यगत कुराहरुमापनि धेरै फरक छ । राप्रपामा ८० प्रतिशत नेताहरु बुढा छन् । पुरानो ढाँचाबाट संगठन चलिरहेको छ । संघीय समाजवादीमा जोस जाँगरले भरिएका युवाहरु छन् । जो दिक्षित छन् । वैचारि छलफलहरु भइरहन्छ ।संगठन चुस्त छ ।

संघीय समाजवादीमा राम्रै भविष्य देख्नु भो ?

ठूलो कुरा विचार आदर्श र आत्मसमान हो । विचार सही भएपछि अरु केही नभए पनि छाती फुलाएर बोल्न सकिदो रहेछ । तपाईसंग जति नै पद र पैशा भए पनि तपाईको आदर्श विपरीतको पार्टीका पछाडी लाग्नु भएको छ भने संधै हिनताबोध हुन्छ । त्यो खतरनाक विषय हो । त्यसैले पछाडी पारिएका, पहिचानको पक्षमा भएका सम्पूर्ण जनताको विचार बोक्ने एकमात्र पार्टी संघीय समाजवादी फोरम हो । जसले विचार र व्यवहारसंगसंगै अगाडी बढाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार ००:००