२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै



काठमाडौँ, ३ फागुन । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले नेपालमै पहिलोपटक बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ९नेपाल एग्रिटेक २०१७० को आयोजना यही फागुन ६ देखि ८ गतेसम्म भृकुडीमण्डप, काठमाडौँमा हुने भएको छ ।

नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेलजियम, नेदरल्यान्डससहित १६ देशका दुई सयभन्दा बढी प्रदर्शनीकर्ताको सहभागिता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवम् पशुपालन उद्योगसम्बन्धी विभिन्न प्रविधिको प्रदर्शनी गर्नुका साथै कृषि, पशुपालन तथा डेरीसम्बन्धी विभिन्न प्राविधिक गोष्ठी पनि सञ्चालन गरिनेछ ।

मिडिया स्पेस सोलुसन प्रालि, फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी सङ्घकोे संयुक्त आयोजनामा हुन गइरहेका उक्त प्रदर्शनीमा कृषि विकास मन्त्रालय तथा कृषि इन्जिनियरिङ निर्देशनालय सहआयोजक पशुपक्षी विकास मन्त्रालय, कृषि उद्यम केन्द्र, व्यावसायिक कृषि तथा व्यापार आयोजना ९पाक्ट०, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, फार्मिङ एन्ड एग्रिकल्चर रिसोर्स म्यानेजमेन्ट प्रालि।९फार्म नेपाल० र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ सहयोगीका रुपमा रहेका छन् ।

निःशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, मेसिनदेखि लिएर कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूलाठूला उपकरणको प्रदर्शनीलगायत डेमो पनि गरिने बताउँदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोसेढुङ्गा साबित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले बताउनुभयो ।

उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । रासस

प्रकाशित : ३ फाल्गुन २०७३, मंगलबार ००:००