१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै



नवलपरासी, २५ माघ । नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् ।
एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुतm रुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले अध्ययन गर्ने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन्।
जिविसले छानविन नगरेसम्म जिल्लाका क्रसर उद्योग ठप्प रहने जनाइएको छ । जिल्लामा रहेका १२ वटा क्रसर उद्योगमा ८ लाख ७ सय ५९ घनमिटर नदीजन्य वस्तु मौज्दात रहेको जिल्ला स्तरीय अनुगमन समन्वय समितिले अनुगमनका क्रममा भेटाएको थियो ।
व्यवसायीहरुले जिविसले अनुगमनका क्रममा भेटाएको त्यस्तो वस्तुको परिमाण भनिएको भन्दा करिव २ लाख घनमिटर कम मात्रै आफूहरुसँग रहेको बताएका छन् ।

प्रकाशित : २५ माघ २०७३, मंगलबार ००:००