१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

जेठ १० भित्र स्थानीय निर्वाचन गर्नुपर्छ : महामन्त्री कोइराला



भक्तपुर, २४ माघ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकारले निर्णय गरेअनुसार कुनै पनि हालतमा जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कोइरालाले कुनै पनि हालतमा निर्वाचन हुने भन्दै निर्वाचनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन गरे।
कोइरालाले भने–“पहिला स्थानीय निकायको निर्वाचन गरेर सरकारले २०७४ माघ ७ गतेभित्र प्रदेश हुँदै प्रतिनिधिसभा समेतको तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्णरुपमा असफल हुन्छ, त्यसैले सरकारले कुनै पनि बाहनामा निर्वाचन रोक्न पाउँदैन ।”
काँग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट्याउँदै कोइरालाले भने–“नेपाली काँग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर सङ्घीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा छैन, पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न सकिँदैन ।”
पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलिने भएकाले काँग्रेस पहाडलाई विभाजन गरेर सङ्घीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको स्पष्ट पबरे ।
विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन गर्न नसकिने बताउँदै मधेसी मोर्चालाई निर्वाचनमा गएर दुईतिहाई बहुमत पु¥याई संविधान संशोधन गर्न चुनौती दिए।
महामन्त्री कोइरालाले पार्टी महाधिवेशन भएको डेढ वर्ष बितिसक्दा पनि पदाधिकारीले पूर्णता पाउन नसक्नु बिडम्बना भएको टिप्पणी गरे।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००