१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

पशुपालक कृषकलाई चरनखर्क व्यवस्थापन तालिम



डोल्पा, २४ माघ । यहाँका पशुपालक कृषकलाई पहिलो पटक चरनखर्क व्यवस्थापन सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ ।

त्रिपुराकोट—२ स्थित बगरमा रहेको पशु उप–केन्द्रमा शनिबारदेखि सोमबारसम्म चलेको तालिममा मध्य डोल्पाका ६० भन्दा बढी पशुपालक कृषक सहभागी थिए ।

तालिममा व्यावसयिकरुपमा पालिएका पशुलाई चाहिने चरनखर्क, खोर व्यवस्थापन, रोग पहिचाहान, घरेलु उपचार, विषालु घाँस पहिचाहान र यसको प्रयोगबाट बिरामी परेका पशुलाई उपचार गर्ने तरिकालगायतका विषयमा जानकारी दिइएको जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख चन्द्रलाल धरलाले जानकारी दिए ।

जिल्लामै पहिलोपटक सञ्चालन गरिएको उक्त तालिममा नकु, सर्मी, त्रिपुराकोट, माझफाल, जुफाल, सु–गाविसका स्थानीय समूहका कृषक तालिममा सहभागी थिए ।
जिल्लाको कुल भूभागमध्ये ३१ प्रतिशत जमिन चरनयोग्य भएकाले यहाँ पशुपालनका लागि सहज हुने उहाँ बताए।

व्यावसायिकरुपमा पालन गरिएका पशुमा सामान्य रोग लागेर मर्ने गरेकामा आगामी दिन औषधि नपाइए पनि स्थानीय जडीबुटीबाटै सामान्य प्रकारको रोग निको हुनसक्ने ज्ञान पाइएको प्रशिक्षार्थी सन्तराम कुलालले बताए ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००