१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

टीकापुरको स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी लाभान्वित



काठमाडौँ, २३ माघ । नेपाली सेनाले कैलालीको टीकापुरमा जिल्ला प्रशासन कार्यालयको सहकार्य आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार २१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको थियो ।

स्वास्थ्य शिविरबाट प्रदान गरिएको सेवाका बारेमा रक्षामन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापालगायतले जानकारी लिनुभएको नेपाली सेनाले जनाएको छ । रासस

प्रकाशित : २३ माघ २०७३, आइतबार ००:००