१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

आगलागीबाट रु २० लाखको क्षति



fare

पाँचथर २२ माघ । पाँचथरको भारपा–५ मा आज बिहान एक व्यक्तिको घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु २० लाख बरावरको क्षति भएको छ ।

स्थानीय टीकाराम श्रेष्ठको घरमा विद्युत सर्ट भई लागेको आगोबाट घरमा भएको रु ४० हजार, सुन अढाई तोला, सोलार एक सेट, लत्ताकपडा, भाँडावर्तनलगायत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी चौकी जोरपोखरीका प्रमुख जितबहादुर तामाङले जानकारी दिए ।

आगलागी स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र वारुणयन्त्रको प्रयासमा तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : २२ माघ २०७३, शनिबार ००:००