१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

किमाथाङ्का–जोगवबनी सडक निर्माण तीव्र गतिमा अघि बढाइने



सङ्खुवासभा, २१ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताए ।

मन्त्री लेखकले मित्र राष्ट्र भारत र चीन जोड्ने यो सडक निर्माण गर्न सकेमा देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउँदै किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा–तुम्लिङटार सडक कालोपत्रे गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउन आफू क्रियाशील भएर लागेको बताए।

नेपाली काँग्रेस सङ्खुवासभाद्वारा खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले आफ्नो मन्त्रालयले हरेक जनताका लागि दुई वर्षभित्र आधारभूत खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार ००:००