७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

Life Style

चिकित्सक आफँै गर्भवती लिन सोताङ पुगे



सोलुखुम्बु, २१ माघ । सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ ।

बुङकी निर्मला राईलाई प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइए पनि शल्यक्रिया नै गर्नु परेपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए । लगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका चिकित्सक मिङमाछिरी शेर्पा हेलिकोप्टर लिएर सोताङ पुगेका थिए।

बिहीबार बिहान करिब ११ बजे मनाङ एअरको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई शल्यक्रिया गरेर शिशुलाई जन्म दिन सफल भएको चिकित्सक शेर्पाले बताए। हेलिकप्टर चार्टर गर्दा लागेको सबै खर्च जिल्ला स्वास्थ्य कार्यालयले बेहोर्ने डा शेर्पाले जानकारी दिए । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार ००:००