१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

खेलकुद

योङ स्टार र निङ्गलाशैनी सेमिफाइनल प्रवेश



बैतडी, १२ माघ । योङ स्टार क्रिकेट क्लब मेलौली र निङ्गलाशैनी क्रिकेट क्लब यहाँ जारी सहिद दशरथचन्द स्मृति यु–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
आज निङ्गलाशैनी खेल मैदानमा सम्पन्न खेलमा त्रिलोचन क्रिकेट क्लव गोठलापानीलाई ३५ रनले पाखा लगाउँदै योङ स्टारले एक खेलअगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको योङ स्टार ३३ दशमलव ३ ओभरमा १ सय ८९ रनमा समेटियो । १ सय ९० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको त्रिलोचन २७ दशमलव २ ओभर बनाउँदा १ सय ५४ रनमा अलआउट भएको हो । त्रिलोचनको पारी ध्वस्त पार्न प्रकाश सिंहले ४ तथा म्यान अफ द म्याच भएका सरोज नायकले तीन विकेट हात पारेका थिए ।
यसै बीच, त्रिलोचन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएसँगै यसअघि नै लिग चरणका दुई खेल जितिसकेको निङ्गलाशैनी क्रिकेट क्लब पनि सेमिफाइनल प्रवेश गरेको छ । आजै सम्पन्न खेलमा जगन्नाथ क्रिकेट क्लवले त्रिपुरा क्रिकेट क्लवलाई ८२ रनले हराउँदै निङ्गलाशैनी सेमिफाइनल प्रवेश गरेको हो
प्रतियोगिताअन्तर्गत बुधबार निङ्गलाशैनी क्रिकेट क्लवले योङस्टार क्रिकेट क्लव मेलौलीबीच तथा जगन्नाथ क्रिकेट क्लबले कालाशैनी क्रिकेट क्लवसँग प्रतिस्प्रर्धा गर्नेछन् ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००