१५ बैशाख २०८१, शनिबार । April 27, 2024

Breaking

एमाले गण्डकीमा उम्मेदवारी दर्ता सुरु



काठमाण्डौ । नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्वका लागि बुधबार बिहानबाट उम्मेदवारी दर्ता सुरु भएको छ । सहमतीमा नेतृत्व चयन हुन नसकेपछि अरु प्रदेशमा जस्तै गण्डकीमा पनि निर्वाचन हुन लागेको हो ।
मंगलबार नै उम्मेदवारी मनोनयनको तालिका रहेपनि सहमतीका लागि सारिएको थियो ।

उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएकाले एकदिन पछि सारिएको निर्वाचन कमिटीले जनाएको छ ।

जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको हो निर्वाचन कमिटीले उल्लेख गरेको छ । पोखराको सभागृहमा चलिरहेको प्रदेश अधिवेशनमा भित्रभित्रै प्यानल नै बनिसकेको एक नेताले उल्लेख गरे ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार ००:००