१२ जेष्ठ २०८२, आइतबार । May 25, 2025

Breaking

सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर



काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा विरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा तथा केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध मुद्दा दायर गरिएको छ ।

अस्वभाविक तरिकाले ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । २५ करोड लागतमा पेमेन्ट गेटवे खरिद गरिएको थियो । सरकारी सम्पती गैरकानूनी तवरले नोक्सानी गरेको भनी परेको उजुरीमा अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार ००:००