११ श्रावण २०८१, शुक्रबार । July 26, 2024

Breaking

शिक्षकसँगको वार्ता टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् । 
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० प्रति असहमति जनाउँदै शिक्षकहरू देशव्यापी रुपमा आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध  आन्दोलन गरिरहेका छन् ।
रक्षा मन्त्रालयमा बिहान खड्का सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार ००:००