१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

राष्ट्रिय शिक्षा दिवस अवसरमा ९६३ जना विभूषित हुदै



काठमाडौँ, २ । राष्ट्रिय शिक्षा दिवस, २०८० विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस पटक राष्ट्रिय शिक्षा दिवस को नारा ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ तय गरिएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । आज मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दैछ ।
स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक वितरण गरिने छ ।

आज पुरस्कृत हुनेले पदक भने केहि समय कुर्नु पर्ने छ । समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने मन्त्रालयले जनाएको छ । अर्को सूचना निकालेर पदक वितरण मन्त्रालयले जनाएको छ ।

विभूषित हुनेहरूको नामावली

प्रकाशित : २ आश्विन २०८०, मंगलबार ००:००