२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

प्रधानमन्त्री न्यूयोर्कबाट सिधै जाने : राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम तय भएको र चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमै भेटवार्ता हुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बनेको प्रधानमन्त्रीले उल्लेख गरका छन् ।

चिनियाँ राष्ट्रपति शीसँग भेटवार्ता लगतै उनी १९ औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले २५ सेप्टेम्बरमा चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने छन् । चोङकिङ महानगरका र तिब्बतको भ्रमण गरेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

 

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार ००:००