१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

नेप्से छ दशमलव ४५ अङ्कले घट्यो



काठमाडौँ । शेयर बजारको ओरालो यात्रा आज पनि रोकिएन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ दशमलव ४५ अङ्कले घटेको छ । यो संगै नेप्से एक हजार नौ सय ६१ दशमलव ३७ मा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भयो ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार ००:००