१४ मंसिर २०८०, बिहिबार । November 30, 2023

Breaking

पृथ्वी अवलोकनका लागि चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण



सिन्ह्वा । चीनले सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी अवलोकन नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ।

गाओफेन १२ ०४ उपग्रह लङ मार्च ४सी क्यारियर रकेटद्वारा बिहान १ः४५ बजे (बेइजिङ समय) मा प्रक्षेपण गरिएको थियो र योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ।

यसलाई भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत सहित विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ।

 

प्रकाशित : ४ भाद्र २०८०, सोमबार ००:००