१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

अस्मिता र किरणले ल्याए मेरो कथाको (भिडियो )



काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्णुमेरो कथाकोु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।

प्रेमिल शैलीको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। गोलो प्रडक्शनको च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार ००:००