१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

करिब ५० वर्षपछि चन्द्रमामा रुसी मिसन



एजेन्सी । रुसले चन्द्र मिसन लुना २५ शुक्रबार प्रक्षेपण गरेको छ । चन्द्रामा दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ्ग गर्ने पहिलो देश बन्ने उद्देश्यसहित लुना प्रक्षेपण गरिएको हो ।

युक्रेनसंगको युद्धका कारण पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने उल्लेख गरेको छ । साथै चीनसंग मिलेर अन्तरिक्ष अभियान अघि बढाउने बताएको छ । रुसले सन् १९७६ मा पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो। लुना-२५ ले चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्नेछ। चन्द्रमाको यो धु्रबमा पानी हुनसक्ने ठानिएको छ ।

चन्द्रमाको दक्षिणी क्षेत्रमा अन्तरिक्ष यानहरु पुर्याउन चीन तथा अमेरिकाले पूर्वतयारी मिसन सुरु गरेको छ । चीन, अमेरिकासंग रुचको चन्द्रमामा एक किसिमको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ ।

१४ जुलाईमा भारतले प्रक्षेपण गरेको चन्द्रयान३ भन्दा पनि पहिला यो यान चन्द्रमाको सतहमा उत्रने छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लूना९२५ लाई सोयुज २.१ बी रकेटबाट वोस्तोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको जनाएको छ । यो स्थान मस्कोबाट करिब ५,५०० किलोमिटर पूर्वमा छ।


लूना २५ मा रोवर र ल्यान्डर छन्। यसको ल्यान्डरको तौल ८०० किलो छ। यसले पहिले ‘सफ्ट ल्यान्डिङ’ को अभ्यास गर्ने बताइएको छ। त्यसपछि त्यसले चन्द्रमाको माटोको नमुना सङ्कलन गर्नेछ र विश्लेषण गर्न थाल्नेछ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार ००:००