१६ बैशाख २०८१, आइतबार । April 28, 2024

Breaking

अञ्जु र रन्जलको ‘तिम्रो सुन्दर रुप’ (भिडियोसहित)



काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अञ्जु पन्तकै अफिरियल युट्युब च्यानल ‘अञ्जु पन्त अफिसियल’मार्फत शुक्रबार दिउँसो सार्वजनिक गरिएको ‘तिम्रो सुन्दर रुप’ बोल गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् ।

प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा परितोषिका र विक्रमको केमेष्ट्रि गजबले जमेको छ । परितोषिका गायिका अञ्जु पन्तकै छोरी हुन् । आमा अञ्जुकै गीतमार्फत मोडलिङ सुरु गरेकी परितोषिकाको यो पछिल्लो भिडियो हो । अहिले आएर उनी आमा सँगैसँगै मोडलिङमा जम्दै आएकी छन् ।

‘तिम्रो सुन्दर रुप’ गीतको शब्दरचा थिर कोइरालाले गरेका हुन् । त्यसैले पनि गीतमा पारिवारिक प्रेमभावसमेत झल्किएको छ । नविन कार्कीको संगीत रहेको यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । ‘तिम्रो सुन्दर रुप’ सुन्दा जति कर्णप्रिय छ, उत्तिकै भिडियोमा कैद गरिएको सुन्दर र मनोरम दृश्यले आँखालाई शितलता प्रदान गर्छ ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार ००:००