७ श्रावण २०८१, सोमबार । July 22, 2024

Breaking

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो



काठमाडौं । इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेको छ । पानी जहाज कम्पनीका लागि कामदार छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाले जनाएको छ ।

इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप नेपाली नागरिकलाई कोरियामा लैजान आज सूचना प्काशित गरिएको जानकार गराए ।

यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार ००:००