१९ बैशाख २०८१, बुधबार । May 2, 2024

Breaking

नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बन गरिएको घोषणा



एजेन्सी । नाइजरमा सैनिक विद्रोह भएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाको एउटा टोलीले टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त बताएको छ ।

सेनाले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि नियन्त्रणमा लिएको छ । सेनाले देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा गरेको छ ।

देशको सिमाना सेनाले देशको सिमाना बन्द गरेको बताएको छ । राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ । बन्दी राष्ट्रपतिलाई सेनाले रिहा गर्न मानेको छैन ।

‘राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं’ कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमा घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गरेको छ ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार ००:००