६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

एक भारतीय युवकले ससुराली आएर श्रीमतीको हत्या



बारा । बाराको सिम्रौनगढ ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको हत्या गरेका छ । सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको ्धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ।

बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारले घाँटी रेटी अन्सारीले हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

ती युवकलाई परिवारको सदस्य तथा छिमेकिहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको थिए । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार ००:००