१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण



मस्को । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताए ।

“क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभीं) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,” सर्गेई अक्स्योनोभले टेलिग्राममा भन्नुभएको छ ।

आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो । उहाँले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिनुभएन ।

उहाँले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताउनुभयो ।

सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार ००:००