२३ बैशाख २०८१, आइतबार । May 5, 2024

Breaking

अमेरिकामा आँधीका कारण १५ सय बढी उडान रद्द



एजेन्सी । अमेरिकामा आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने १५ सय बढी उडान रद्द भएका छन् ।

भारी वर्षासंथगै आएको आँधीबेहरीकारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो सङ्ख्यामा उडान अवरुद्ध भएको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जनाएको छ ।

न्यूजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७ उडान ढिला भएको छ । न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८ उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन् । लागार्डिया विमानस्थल २७० उडान अवरुद्ध भएका छन् । त्यस्तै २६० उडान रद्द भएका छन् ।

आइतबार भारी वर्षाका कारण न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, डेलावेयर र मेरिल्याण्डका केही भागमा विद्युत आपूर्ती बन्द भएका छन् । बाढीका कारण पाँच करोड ६० लाख बढी मानिस प्रभावित भएका छन् ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार ००:००