११ श्रावण २०८१, शुक्रबार । July 26, 2024

Breaking

पाँचथर कर्मचारी समाजको प्रथम साधारण सभा सम्पन्न, दुई कर्मचारी सम्मानित



काठमाडौं । पाँचथर कर्मचारी समाज, काठमाडौंले आइतबार दुई जना जिल्लावासी कर्मचारीलाई सम्मान गरेको छ । समाजको प्रथम साधारण सभाको अवसरमा लोकसेवा आयोगबाट सहसचिवमा सिफारिस भएका कुवेर नेपाली र उपसचिवमा सिफारिस भएका काजिमान प्याकुरेललाई सम्मान गरेको हो ।

साधारण सभा तथा सम्मान कार्यक्रममा बोल्दै कुबेर नेपालीले अरुलाई समेत प्रेरण होस भनेर आफुले निक्कै लामो प्रयासमा सफलता हासिल गरेको र पाँचथर कर्मचारी समाजसंग यो सफलता साझा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने अरुलाई समेत उत्प्रेरणा होस भनेर निक्कै पटकको प्रयासमा सफल भए यसले अरु साथीहरुलाई समेत उत्प्रेरित गर्छ भन्ने विश्वास लिएको छु । पाँचथर कर्मचारी समाजसंग खुसी साट्न पाउँदा झनै खुसी छु । म यो पदमा रहँदा पाँचथरका थप अरुलाई कसरी उत्प्रेरित गर्ने र पाँचथरका विकासमा कसरी टेवा पुर्याउन सकिन्छ त्यतातिर लाग्ने प्रतिबद्धता व्यक्त गदैछु ।

समाजका अध्यक्ष दिल कुमार तामाङले कर्मचारी समाज कर्मचारीहरुका लागि एउटा साझा प्लेटफर्मको रुपमा रहेको र यसले निजामती सेवामा रहेका पाँचथरेहरुलाई समेट्दै जिल्लाको आर्थिक, सामाजिक विकासमा सकेको योगदान गर्ने र नयाँ भाइबहिनीहरुलाई निजामती सेवामा अभिप्रेरित गर्ने बताए ।


साधारण सभाले कोषाध्यक्ष राजेन्द्र कुरुम्वाङद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८∕०७९ को लेखा परीक्षण प्रतिवेदन र सचिव प्रकाश दुलालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ ।
सार्वजनिक सेवामा जिल्लावासी युवालाई जोड्ने, पाँचथर जिल्लाबाट निजामती सेवा तथा सार्वजनिक सेवामा प्रवेश गर्नेहरुको विवरण संकलन गर्ने, जिल्लाबासी कर्मचारीहरुको भेटघाट छलफल गर्ने निकायका रूपमा संस्था स्थापना भएको समाजका सहसचिव हेट नारायण रम्तेलले जानकारी दिए ।

समाजले साधारण सभाको अवसरमा सेवा निवृत उपसचिव तथा समाजका संस्थापक सदस्य डम्वरध्वज आङ्देम्वेलाई समेत सम्मान तथा विदाई गरेको छ ।

 

प्रकाशित : २५ असार २०८०, सोमबार ००:००