२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु



भोजपुर । मृग ठानेर भरुवा बन्दुकले हान्दा भोजपुर नगरपालिका–१२ टक्सारमा आफ्नै साथीको ज्यान गएको छ । बान्दुकको गोली लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुर घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बन्दुकले लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ । घटना असार २२ गते राति भएको हो । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिउको हो ।

साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले बताए । ।

 

प्रकाशित : २५ असार २०८०, सोमबार ००:००