१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

आज केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौ । अहिले मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो सबै प्रदेशका केहि स्थनमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २५ असार २०८०, सोमबार ००:००