१० श्रावण २०८१, बिहिबार । July 26, 2024

Breaking

अर्घाखाँचीमा पहिरोमा परि तीनको मृत्यु



अर्घाखाँचीमा पहिरोमा परि तीनको मृत्यु
अर्घाखाची । अर्घाखाँचीको पाणिनी गाउँपालिका १ पणेनामा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ ।
रातभरी परेको अविरल बर्षाक कारण आज विहान आएको पहिरोले तुल्सि राष्कोटको घर बगाएको थियो । मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको स्थानीयले जनाएको छ ।
पहिरोमा पुरिएको बालबालिकालाई उद्दार गरि स्थानीय स्वाथ्य चौकीहरुमा उपचारका लागि स्थानीय र प्रहरीले लगेका थिए । पहिरोमा पुरिएका मध्ये एक सकुशल रहेको र तीनलाई अचेत अवस्थामा स्वास्थ्य संस्था पुर्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित : १९ असार २०८०, मंगलबार ००:००