५ श्रावण २०८१, शनिबार । July 20, 2024

Breaking

सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल हुदै



काठमाण्डौ । सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताबीचको छलफल सुरु भएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी रहेका छन् ।

संसदलाई थप प्रभावकारी बनाउने र संसदीय समितिका सभापति चयन गर्ने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गरिरहेको सभामुखका सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार ००:००