काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र विभाजनको समीक्षा गरि पुनः नेकपातिरै फकिर्नु पर्ने बताएका छन् ।
आज बिहान भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्ये एक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रम सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी एकता र विभाजन भएको घटनाबाट शिक्षा लिंदै गम्भिर समीक्षा गरेर फेरि नेकपा बनाउनु पर्ने धारणा राखेका हुन । उनले नेकपा बचाउन नसक्नु दुर्भाग्य भएको समेत उल्लेख गरे ।
प्रचण्डले भने देशलाई दु्रत आर्थिक विकास र समाजवादमा लान सकिन्छ भनेर एमालेसंग एकता गरेको तर दुर्भाग्य बचाउन सकिएन ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएरै समाजवादी मोर्चा बनाएको समेत उल्लेख गरे ।
प्रतिक्रिया