१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

जनतालाई कम्युनिष्ट पार्टीले सुखी र खुसी बनाउन सक्छ : नेपाल



काठमाडौं । नेपाली जनतालाई खुसी र सुखी कम्युनिष्ट पार्टीले मात्र बनाउन सक्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । आज भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीका एक जना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रममा नेपालले यस्तो बताएका हुन । उनले त्यसको लागि प्रचण्ड सरकाले प्रयास गरिरहेको समेत उल्लेख गरे ।

नेपालले राजनीतिक क्रान्ति सकिए पनि जनतालाई समृद्ध बनाउने कार्यभार बाँकी रहेको उल्लेख गर्दै प्रचण्ड नेतृत्वको सरकारले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड सहित अनावरण कार्यक्रममा पुगेका नेपालले भने त्यहि कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । उहाँले यो देशको अगुवाई गर्नु हुन्छ ।

प्रकाशित : १७ असार २०८०, आइतबार ००:००