१६ बैशाख २०८१, आइतबार । April 28, 2024

Life Style

आकस्मिक तयारीका चुस्त हुनुपर्छ  स्वास्थ्यमन्त्री बस्नेत



काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका चुस्त र चनाखो हुनुपर्ने बताएका छन् । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ बताए उनले भने “आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ । यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु”, ।
उनले संविधान प्रदत्त  स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे।
विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको उल्लेख गर्दै समयमै समन्वय गरेर आपत्कालीन अवस्था ज्यान जोगाउनका लागि क्रियाशील हुनु पर्ने धारणा राखे ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार ००:००