६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

पूर्वप्रधानमन्त्री चन्दपत्नीको निधन



काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उनी लामो समयदेखि उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित थिइन । उनीको उपचारको क्रममा विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो ।
उनको श्रीमान्, दुई छोरा र दुई छोरी .छन् । । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार ००:००