१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

उदय र मनिलाको नयाँ गीत ‘जालहारी ठूली सार्वजनिक (भिडियो)



काठमाडौं । चर्चित सांगीतिक जोडि उदय सोताङ र मनिला सोताङको नयाँ गीत सार्वजनिक भएको छ । युगल गायनमा सर्वाधिक रुचाइएको यो जोडिले लामो समयपछि ‘जालहारी ठूली’ गीत बजारमा ल्याएको हो ।

मिलन नाल्बो (गोठालो जेठा)ले लेखेको यो गीतमा पुष्पराज बरालको संगीत र पवन भाटको एरेन्ज रहेको छ । गीतको भिडियोमा बेदना राई र दिनेश कायस्थलाई फिचरिङ गरिएको छ । ठेट लोकशैलीमा आधारित यो गीतले गाउँघरको परिवेशलाई समेटेका छन् । गीतको भाव अनुसार भिडियोलाई प्रस्तुत गरिएको छ ।

म्यूजिक कम्पनी ओएसआर डीजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ ।
यो गीत सार्वजनिक भएपछि दर्शक श्रोताबाट पाएको माया र प्रतिक्रियाबाट आफु उत्साहित भएको र अर्को गीत समेत बजारमा ल्याउने तयारीमा लागेको यूकेमा रहेका गीतकार तथा प्रोडुसर नाल्बोले बताए ।

उदय मनिलाले हजार जूनीसम्म, मेरो हाल नसोध, कोई बोलीमा रस हुन्छ, आँधी बाटो हिडेपछि तिमीसंग भेट भयो, तिमी बिना बाँच्न गाह्रो भो, उकाली चडौला जस्ता दर्जनौ कालजयी गीतहरु गाएका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार ००:००