१६ बैशाख २०८१, आइतबार । April 28, 2024

Breaking

गरीबहरु ढुङ्गा चपाउदैनन



गरीबहरु ढुङ्गा चपाउदैनन
पराले छाप्रोको
भत्कदो बाँस स्थानमा बसेपनि
गृष्मको खडेरीले
पुरै शरिर डढाएपनि
गरीबहरु ढुङ्गा चपाउदैनन
पौरख चलाउँछन
पाखुरी बजाउँछन
पसिनाको ब्यन्जन गर्छन बरु
मोतिमय विराट तरङ्ग र लहर समातेर
पौडन्छन स्वाभिमानी पसिनाकै सागरमा
तर किमार्थ
चपाउदैनन गरीबहरु ढुङ्गा

पिँजडा तुल्य गगनचुम्बी महल चुलियोस या भत्कियोस
बे मतलबी श्रमका धनिहरु
सन्तोष छन् आफनै पराले छाप्रोमा
माया ,ममता र स्नेहले बनेको
साँघुरो छाप्रोमानै रमाउँछन
बरु खान्छन् खोले र फाँडो
चपाउदैनन गरीबहरु ढुङ्गा
न कि ढुङ्गा चपाउनको उपज हैन
ढुङ्गा सामन्तवादको बोधो चेतनामा हान्नको खातिर हो
गरीबहरु प्रकृति गोडमेल गर्छन्
प्रकृति गरीबहरुको जीवन बाच्छिन
त्यसैले त चपाउदैनन गरीबहरु ढुङ्गा

स्वाभिमानी गरीबहरु
स्वाबलम्बीपनमा जीउछन
अर्काको पसिना लुट्दैनन
समानता खोस्दैनन
समाज बचाउने गरीबहरु
रास्ट्र बोक्ने श्रमका पुजारीहरु
सिन्चन्छन आफनो रगत र पसिना
देशको माटो भरीभरी
समर्पण गर्छन् देशको खातिर
सुन्दर जीवन र भविष्य
अतह
गरीबहरु ढुङ्गा चपाउदैनन
स्वाभिमानी गरीबहरु ढुङ्गा चपाउदैनन ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार ००:००