१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह सार्वजनिक



धरान । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।

साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र गुरुङ्ग, पराजित पोमु , इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार्यक्रममा रहेको थियो १

साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँयाले, अनुराग सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन । साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पिडाहरु लाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यम बाट व्यक्त गर्ने गरेका छन ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार ००:००