१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

युक्रेनमा बाँध बत्किदा हजारौं विस्थापित



एजेन्सी । युक्रेनको ड्नीप्रो नदीको दक्षिणी भागमा रहेको नोभा काखोभका बाँध भत्किदा ८० सहरको हजाराँैँ मानिस विस्थापित भएका छन् ।

मङ्गलबार विशाल काखोभका जलाशयको दक्षिणी छेउमा रहेको संरचना भत्किदा हजारौँ मानिस विस्थापित भएको हो । यसबाट प्रभावित दशौँ हजार मानिसलाई उद्धार गरिँदै छ।

यो भूभाग रुसी नियन्त्रणमा रहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएको आरोप लगाएको छ ।

रुसले उक्त आरोप अस्विकार गरेको छ । युक्रेनी गोलाबारीका कारण क्षति पुगेको रुसले दाबी गरेको छ ।
भत्किएको बाँधबाट तीब्र भेल बगिरहेको भिडियो फुटेजहरुमा देख्न सकिन्छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार ००:००